२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली | को बन्ला बालेन सरकारको महान्यायाधिवक्त्ता? | प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा |

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन्।

मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै मन्त्री खरेलले पहिलो निर्णयका रुपमा यो योजना अघि सारेका हुन्। उनले सार्वजनिक स्थलमा इन्टरनेट सुविधा आजको आवश्यकता भएको भन्दै सरकारले जनताका लागि सहज पहुँच सुनिश्चित गर्न निःशुल्क इन्टरनेट उपलब्ध गराउने बताएका छन्।

मन्त्री खरेलका अनुसार, पहिलो चरणमा राजधानी काठमाडौंसहित देशका अन्य नौ प्रमुख शहरमा नि:शुल्क इन्टरनेट सेवा विस्तार हुनेछ। उनले सो सेवाले शिक्षा, सूचना आदानप्रदान र नागरिक सुविधा बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

साथै, खरेलले डिजिटल नेपाल निर्माणका लागि सञ्चार प्रविधिको सहज पहुँच आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा देशभर इन्टरनेट पहुँच विस्तारलाई प्राथमिकता दिने बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय