२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेका छन्।

मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै मन्त्री खरेलले पहिलो निर्णयका रुपमा यो योजना अघि सारेका हुन्। उनले सार्वजनिक स्थलमा इन्टरनेट सुविधा आजको आवश्यकता भएको भन्दै सरकारले जनताका लागि सहज पहुँच सुनिश्चित गर्न निःशुल्क इन्टरनेट उपलब्ध गराउने बताएका छन्।

मन्त्री खरेलका अनुसार, पहिलो चरणमा राजधानी काठमाडौंसहित देशका अन्य नौ प्रमुख शहरमा नि:शुल्क इन्टरनेट सेवा विस्तार हुनेछ। उनले सो सेवाले शिक्षा, सूचना आदानप्रदान र नागरिक सुविधा बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

साथै, खरेलले डिजिटल नेपाल निर्माणका लागि सञ्चार प्रविधिको सहज पहुँच आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा देशभर इन्टरनेट पहुँच विस्तारलाई प्राथमिकता दिने बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय