२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक | यो कम्युनिस्ट पार्टीको होइन, रास्वपाको बजेट हो : अर्थमन्त्री वाग्ले | कोशी सभापतिमा पराजित भएपछि सरिन तामाङको घोषणा– ‘आजबाट राजनीतिक बिट मारें’ | कैँची प्रहार गरी वृद्धलाई घाइते बनाउने व्यक्ति पक्राउ | माइतीघर पुगे गृहमन्त्री गुरुङ, पीडितलाई दिए माग सम्बोधनको आश्वासन | फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप |

नवनियुक्त शिक्षामन्त्री महावीर पुनले सरकारी क्वाटर र विशेष सुरक्षा सुविधा अस्वीकार गर्दै मन्त्रालयमै बस्ने घोषणा गरेका छन्।

पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पुनले आफूलाई क्वाटर आवश्यक नपर्ने बताए। उनले मन्त्रालयभित्रै एउटा खाट, कुर्सी र सानो किचनको व्यवस्था गर्न निर्देशन दिएका छन्। “जहाँ काम गर्छु त्यहीँ बस्ने बानी छ। मन्त्रालयमै बस्छु, खाना आफैं पकाएर खान्छु,” मन्त्री पुनले भने।

उनले आफूले आविष्कार केन्द्रको जिम्मेवारी छाडिसकेको पनि सार्वजनिक गरे। “यो पद ग्रहण गरेपछि आविष्कार केन्द्रमा रहन मिल्दैन, त्यसैले म राजीनामा दिइसकेको छु,” उनले स्पष्ट पारे।

सुरक्षाको विषयमा पुनले पीएसओ (सुरक्षा अधिकृत) हरुलाई पछिपछि नआउन आदेश दिएका छन्। “सेवा सुविधा के रहेछ भने एउटा प्रहरी र एउटा सैनिक छुट्टाइएको रहेछ। मैले भनिसकेको छु, रिपोर्ट गरेर कमाण्डरहरुलाई फर्किनुस्। म मन्त्रालयमै बस्छु, बाहिर निस्कँदा पछिपछि आउनु पर्दैन,” उनले भने।

तर, मन्त्रालयको गाडी भने उनले औपचारिक प्रयोजनका लागि मात्र प्रयोग गर्ने बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय