२०८२ आश्विन २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन | राप्ति प्रतिष्ठानमा बिरामीको चाप बढ्दा शैय्या अभाव | ‘अभिमन्यु : च्याप्टर १’ को रिलिज मिति फेरियो, अब कार्तिक २१ गते विश्वभर प्रदर्शन हुने | अमेरिकी र्‍यापर डिडीलाई ४ वर्ष २ महिनाको जेल सजाय | नेपाल उत्कृष्ट टोली हो: कतारका प्रशिक्षक टोबी बेली | कुशल भुर्तेल फर्ममा फर्किए नेपालले कतारलाई १६ रनले हरायो | जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा उपचाररत |

नवनियुक्त शिक्षामन्त्री महावीर पुनले सरकारी क्वाटर र विशेष सुरक्षा सुविधा अस्वीकार गर्दै मन्त्रालयमै बस्ने घोषणा गरेका छन्।

पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री पुनले आफूलाई क्वाटर आवश्यक नपर्ने बताए। उनले मन्त्रालयभित्रै एउटा खाट, कुर्सी र सानो किचनको व्यवस्था गर्न निर्देशन दिएका छन्। “जहाँ काम गर्छु त्यहीँ बस्ने बानी छ। मन्त्रालयमै बस्छु, खाना आफैं पकाएर खान्छु,” मन्त्री पुनले भने।

उनले आफूले आविष्कार केन्द्रको जिम्मेवारी छाडिसकेको पनि सार्वजनिक गरे। “यो पद ग्रहण गरेपछि आविष्कार केन्द्रमा रहन मिल्दैन, त्यसैले म राजीनामा दिइसकेको छु,” उनले स्पष्ट पारे।

सुरक्षाको विषयमा पुनले पीएसओ (सुरक्षा अधिकृत) हरुलाई पछिपछि नआउन आदेश दिएका छन्। “सेवा सुविधा के रहेछ भने एउटा प्रहरी र एउटा सैनिक छुट्टाइएको रहेछ। मैले भनिसकेको छु, रिपोर्ट गरेर कमाण्डरहरुलाई फर्किनुस्। म मन्त्रालयमै बस्छु, बाहिर निस्कँदा पछिपछि आउनु पर्दैन,” उनले भने।

तर, मन्त्रालयको गाडी भने उनले औपचारिक प्रयोजनका लागि मात्र प्रयोग गर्ने बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय