२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कारखाना नबनाउने कम्पनीका ब्रान्डेड वा पेटेन्ट गरिएका औषधिको आयातमा १०० प्रतिशत भन्सार महसुल लगाएका छन्। कुनै पनि कम्पनीले अमेरिकामा आफ्नो औषधि उत्पादन कारखाना नबनाए अक्टोबर १, २०२५ देखि हामी कुनै पनि ब्रान्डेड वा पेटेन्ट गरिएका औषधिजन्य उत्पादनहरूमा १०० प्रतिशत भन्सार लगाउनेछौं,’ ट्रम्पले आफ्नो सामाजिक संजालमा ट्रुथ सोसलमा बिहीबार पोस्ट गर्दै घोषणा गरेका छन्।

अमेरिकामा कारखानाको शिलान्यास गरिसकेका वा निर्माणाधीन कम्पनीका उत्पादनमा भने यस्तो भन्सार नलाग्ने उनले खुलासा गरेका छन्। जेनेरिक (रसायनिक नामले बेचिने) औषधिका हकमा पनि यो लागू हुने छैन। जेनेरिक औषधि ब्रान्डेड र पेटेन्ट भएका औषधिका तुलनामा धेरै सस्ता हुन्छन्।

ट्रम्पले घोषणा गरेको भन्सार महसुल जेनेरिक औषधिलाई नलाग्ने भएकाले निर्माता कम्पनीहरूका लागि राहत भएको छ। अमेरिकामा आयात हुने जेनेरिक औषधि मुख्यतः भारतमा बन्छन्। ट्रम्पले अप्रिलमा घोषणा गरेको पारस्परिक भन्सारमा औषधि उद्योगलाई छुट दिएका थिए। तर त्यसपछि युरोपियन युनियन र धेरै देशसँग अमेरिकाले बेग्लाबेग्लै गरेको व्यापार सम्झौतामा भने औषधिमा पनि भन्सार लगाइएको थियो।

लन्डनमा सूचीकृत एस्ट्राजेनेका र जीएसके, अनि स्विस नोभार्टिस र रश लगायत ठूला औषधि निर्माताहरूले पछिल्ला महिनामा अमेरिकामा लगानी गर्ने घोषणा छन्।

केहीले कारखाना निर्माण गर्न थालेका पनि छन्। कारखानाको शिलान्यास नभएका कम्पनीका उत्पादनमा भने ट्रम्पले घोषणा गरेको भन्सार लागु हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय