२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कारखाना नबनाउने कम्पनीका ब्रान्डेड वा पेटेन्ट गरिएका औषधिको आयातमा १०० प्रतिशत भन्सार महसुल लगाएका छन्। कुनै पनि कम्पनीले अमेरिकामा आफ्नो औषधि उत्पादन कारखाना नबनाए अक्टोबर १, २०२५ देखि हामी कुनै पनि ब्रान्डेड वा पेटेन्ट गरिएका औषधिजन्य उत्पादनहरूमा १०० प्रतिशत भन्सार लगाउनेछौं,’ ट्रम्पले आफ्नो सामाजिक संजालमा ट्रुथ सोसलमा बिहीबार पोस्ट गर्दै घोषणा गरेका छन्।

अमेरिकामा कारखानाको शिलान्यास गरिसकेका वा निर्माणाधीन कम्पनीका उत्पादनमा भने यस्तो भन्सार नलाग्ने उनले खुलासा गरेका छन्। जेनेरिक (रसायनिक नामले बेचिने) औषधिका हकमा पनि यो लागू हुने छैन। जेनेरिक औषधि ब्रान्डेड र पेटेन्ट भएका औषधिका तुलनामा धेरै सस्ता हुन्छन्।

ट्रम्पले घोषणा गरेको भन्सार महसुल जेनेरिक औषधिलाई नलाग्ने भएकाले निर्माता कम्पनीहरूका लागि राहत भएको छ। अमेरिकामा आयात हुने जेनेरिक औषधि मुख्यतः भारतमा बन्छन्। ट्रम्पले अप्रिलमा घोषणा गरेको पारस्परिक भन्सारमा औषधि उद्योगलाई छुट दिएका थिए। तर त्यसपछि युरोपियन युनियन र धेरै देशसँग अमेरिकाले बेग्लाबेग्लै गरेको व्यापार सम्झौतामा भने औषधिमा पनि भन्सार लगाइएको थियो।

लन्डनमा सूचीकृत एस्ट्राजेनेका र जीएसके, अनि स्विस नोभार्टिस र रश लगायत ठूला औषधि निर्माताहरूले पछिल्ला महिनामा अमेरिकामा लगानी गर्ने घोषणा छन्।

केहीले कारखाना निर्माण गर्न थालेका पनि छन्। कारखानाको शिलान्यास नभएका कम्पनीका उत्पादनमा भने ट्रम्पले घोषणा गरेको भन्सार लागु हुनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय