२०८२ आश्विन २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
जनआस्थाको समाचारपछि प्रतिवादमा उत्रिए ज्ञानेन्द्र शाही : “मेरो चरित्र हत्या नगर” | माओवादी नेता जनार्दन शर्मामाथि पत्रकार सन्तोष देउजाले लगाए वैदेशिक सम्पत्ति लुकाएको आरोप | पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत | आयोगले प्रतिवेदन कुर्नुपर्दैन भनेपछि अब कसलाई जिम्मेवार ठहर गर्ने ? | संसद पुनःस्थापनाका लागि अदालत जाने  गृहकार्यमा एमाले  | देशभर मनसुन क्रमश कमजोर हुँदै | जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार कैदी मृत फेला | निर्वाचन आयोगसँग प्रधानमन्त्री : चुनावका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध हुन्छ | मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा | जेन-जीको एक समूहको धम्कीपछि काठमाडौंका संवेदनशील स्थानमा प्रहरी परिचालन |

काठमाडौं महानगरपालिका भीमसेनस्थानमा सोमबार बिहान भीषण आगलागी भएको छ। प्रहरीका अनुसार, सिलिण्डर पड्किएपछि सुरु भएको आगलागीले तीन–चार वटा घर जलेका छन्।

प्रहरी वृत्त जनसेवाका प्रहरी सहायक निरीक्षक रवि चरणले नेपाल प्रहरीको समन्वयमा आठ–नौ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए।

हालसम्म मानवीय क्षति भएको जानकारी आएको छैन। तर क्षतिको यथार्थ विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। आगलागी भएको स्थान नजिकै मन्दिरसमेत रहेकाले स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू सतर्क रहेका छन्।

अहिले सम्पूर्ण प्रयास आगो नियन्त्रणमा केन्द्रित गरिएको प्रहरीले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय