नेपालका बन्धक विद्यार्थी विपिन जोशीको विषयले हाल अन्तर्राष्ट्रिय ध्यान खिचिरहेको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहूले प्रस्ताव गरेको २० बुँदे गाजा युद्धविराम योजना को यदि लागू हुने हो भने बन्धकहरूको अवस्थाबारे सार्वजनिक जानकारी दिने धारणा यस योजनामा समावेश गरिएको छ |
युद्धविराम प्रस्ताव अनुसार, यदि हमासले ७२ घण्टाभित्र इजरायली बन्दीहरू (जिउँदा वा मृत) र बन्धकहरूको नाम र विवरण सार्वजनिक गर्नेछ, त्यस्तै गाजामा रहेका बन्दीहरूको अवस्थाबारे जानकारी सार्वजनिक गरिने उल्लेख गरिएको छ। यसमा विपिन जोशी समेत समावेश रहने भनिएको छ |
यसै सन्दर्भमा, ट्रम्पले कडा चेतावनी दिएका छन्, ‘यदि हमासले यसलाई स्वीकार गर्दैन भने, इजरायलसँग उसलाई समाप्त गर्ने सम्पूर्ण अधिकार छ र त्यसमा अमेरिका साथ दिनेछ।
इजरायली प्रधानमन्त्री नेतान्याहूले पनि हमासले नमानेको खण्डमा इजरायल आफैंले गाजामा शान्तिपूर्ण प्रशासन स्थापना गर्ने र हमासका सबै हतियार हटाउने बताएका छन्।
