२०८२ आश्विन २३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
एमआरआई मेसिन खरिद प्रकरणमा उपकुलपति भण्डारीसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा | ‘संसद् पुनर्स्थापनाबिना देश लोकतान्त्रिक बाटोमा फर्कँदैन’ : केपी शर्मा ओली | ओलीको आरोप : ‘सुशीला कार्की संविधान विपरीत प्रधानमन्त्री बनेकी हुन् ’ | नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा | ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंको माग | माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा अपनाइएको छ | बीपी राजमार्गको ३ स्थानमा डाइभर्सन तयार | प्राधिकरणको तथ्यांक: असोज १७ पछिका विपद् घटनामा ज्यान गुमाउनेको संख्या ५३ पुग्यो | टि–२० विश्वकप छनोटमा नेपालको धमाकेदार सुरुवात | कांग्रेस पदाधिकारी बैठक आज असोज २६ को केन्द्रीय बैठक एजेन्डा तय हुने |

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड तोड्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो। बुधबार सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ प्रतितोला कायम थियो।

त्यस्तै, चाँदीको मूल्य पनि लगातार बढ्दै गएको छ। मंगलबार प्रतितोला २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३ हजार २५ रुपैयाँ प्रतितोला पुगेको महासंघले जनाएको छ।

विशेषज्ञहरूले नेपाली बजारमा सुन र चाँदीको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, आर्थिक अनिश्चितता र लगानीका विकल्पका अभावलाई मुख्य कारण बताउँछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय