२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले सुपर-६ मा स्थान पक्का गरेको छ। समूह-२ को खेलमा आज जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै नेपाल र जापान अन्तिम खेलअघि नै सुपर-६ मा पुगेका हुन्।

कुवेत लगातार दुई खेलमा हार ब्यहोर्दै समूह चरणबाट बाहिरिएपछि नेपाल र जापानले अन्तिम समूह खेलअघि सुपर-६ मा स्थान बनाएका हुन्।यसअघि बुधबार भएको नेपालले कुवेतमाथि ५८ जित निकालेको थियो।

बिहीबार जापानले पनि कुवेतमाथि ५ विकेटको जित निकाल्यो। कुवेतले दिएको १७८ रनको लक्ष्य जापानले ३ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो।

जापानका लागि इसम रहमानले ३९ बलमा ९ चौका  र २ छक्का प्रहार गर्दै ६४ रन बनाए। यस्तै ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले १९ बलमा २८ रन र रविचन्द्रनले २९ बलमा ३९ रन बनाए। ताकाहाशीले १५ बलमा ३ छक्का प्रहार गर्दा २६ रन बनाए।

शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।

भर्खर्रै युएईको शारजाहमा वेस्ट इन्डिजविरूद्धको टी-२० सिरिज २-१ ले जितेर इतिहास रचेको नेपाली टोली फेरि अर्को इतिहास बनाउने लक्ष्यमा छ।

१७ टोलीले विश्वकप छनोटमा स्थान पक्का गरिसकेको अवस्थामा यो छनोटसँगै आगामी वर्ष टी-२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्नेछ।

समूह १ – युएई, मलेसिया, कतार , समूह २ – नेपाल, कुवेत, जापानसमूह ३ –  ओमान, पिएनजी, सामोआ

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय