२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

नेपाली काँग्रेसको पदाधिकारी बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बिहीबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजे पुनः सुरु हुने काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

गत बैठकमा विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा तीव्र बहस चलेको थियो। वरिष्ठ नेतादेखि पूर्वपदाधिकारीहरूसम्मले आफ्ना धारणा राखेका थिए। आजको बैठकमा पनि यही विषयमा थप छलफल जारी रहने बताइएको छ।

प्रवक्ता महतका अनुसार आजको बैठकले असोज २६ गतेबाट सुरु हुने केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गर्नेछ। उनले भने, “हामी छलफलको अन्तिम चरणमा पुग्दैछौं। पदाधिकारी र पूर्वपदाधिकारी दुवै पक्षका सुझावका आधारमा महाधिवेशनको दिशाबारे निष्कर्ष निकाल्नेछौं।”

सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी हुने छैनन्। बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन्।  देउवा २६ गते बस्ने केन्द्रीय समिति बैठकमा मात्र सहभागी हुने सम्भावना छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय