२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबारको पत्रकार भेटघाटमा नयाँ परिस्थितिमाथि चर्चा त गरे नै, सँगसँगै भदौ २४ को घटना र त्यसपछिका दिनमा आफूले भोगेका केही अनुभव पनि सुनाए।

उनी शुक्रबार दिउँसो साढे १ बजेतिर पाटन महालक्ष्मीस्थानको रिभाइभ रेस्टुरेन्टमा पत्रकारहरूसँग कुराकानी गर्न उपस्थित भएका थिए। ठ्याक्कै एक महिनाअघि, लगभग यही समयतिर उनी त्यही सिंहदरबारभित्र थिए, जुन पछि आगजनी र तोडफोडले खण्डहरमा परिणत भयो।

उनी त्यति बेला सिंहदरबारमा प्रतिपक्षी दलहरूसँग छलफल गर्दै थिए।

भदौ २३ गते नयाँबानेश्वरमा भएको घटनापछि प्रतिपक्षी दलहरूको धारणा के हुनुपर्छ र कसरी अघि बढ्नुपर्छ भन्नेमा छलफल केन्द्रित थियो।

त्यही बेला सूचना आयो — देशभरि प्रदर्शनकारीहरू भड्किएका छन्। संसद, अदालत जस्ता प्रमुख सरकारी संस्थाहरूमा आगजनी सुरू भइसकेको छ। र, आगजनी गर्ने भिड सिंहदरबारतिर बढ्दैछ।खबर पाउनासाथ प्रचण्ड लगायत अन्य प्रतिपक्षी नेताहरू सिंहदरबारबाट बाहिरिन खोजे।

तर सुरक्षा निकायले सिंहदरबार बाहिरको स्थिति असुरक्षित र भयावह हुँदै गएको भन्दै बाहिर जान दिएनन्। त्यसपछि प्रचण्डले सिंहदरबारबाटै प्रधानसेनापति अशोकराज सिग्देललाई फोन गरे र आफू सिंहदरबारभित्र फसेको जानकारी गराए।

‘त्यति बेला मसँग भएको सेक्युरिटीले सिंहदरबार बाहिर जान उचित छैन भनेपछि म आफैले प्रधानसेनापतिलाई सम्पर्क गरेको थिएँ,’ भदौ २४ को अनुभव सुनाउँदै उनले भने, ‘प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरूलाई सेनाले गाडी वा हेलिकप्टरमा राखेर सुरक्षित ठाउँमा लगेको थियो। मैले चाहिँ आफै प्रधानसेनापतिलाई फोन गरेको हुँ।’

पछिल्लो राजनीतिक घटनाक्रमबारे चर्चा गर्ने क्रममा उनले अहिलेको राजनीतिक संकट चिर्न फागुन २१ को निर्वाचनलाई सफल रूपमा सम्पन्न गराउनुको विकल्प नभएको बताए।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय