२०८३ असार ५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
राहदानी छपाइ अनियमितता अनुसन्धानमा आरजु राणालाई अख्तियारको तीन दिनको म्याद | रुपन्देही मुद्दाको तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने | रास्वपा महाधिवेशनमा गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता | अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ | आज प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी मन्त्रीहरूले दिदैछन जवाफ | केनको दुई गोलमा इंग्ल्याण्डको शानदार जित क्रोएसियालाई ४–२ ले हरायो | रास्वपा महाधिवेशनको चटारो जर्मन प्रविधिको विशाल डोम निर्माण हुँदै | निजामती कर्मचारीको ५५ वर्षे उमेर हद संसद्ले निर्णय गर्ने, मन्त्री रावलको स्पष्टोक्ति | रास्वपा महाधिवेशन लक्षित चितवनका होटलको विशेष अफर | झापाका चिया उद्योग र बगान अनिश्चितकालका लागि बन्द हुने |

विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ गपरेका पूर्वसभामुख कृष्णबहादुर महराले इन्कारी बयान दिएका छन् ।  जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोजनमा उनले सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको जिकिर गरेका छन् ।

चिनियाँ नागरिक दाओजिन वाङलाई आफू सञ्चारमन्त्री हुँदा फलफूल लिएर बधाई दिन घरमा आएको बेला चिनजान भएको महराले बताएका छन् ।

‘उक्त सुनको अवैध पैठारी तस्करी मा मेरो कुनै पनि संलग्नता छैन । मैले मेरो परिवारका सदस्यहरूलाई कुनै राजनैतिक संरक्षण गरेको छैन,’ महराले बयानमा भनेका छन्, ‘चिनियाँ नागरिकले इलेक्ट्रिक सिगरेट भित्र लुकाई छिपाई लिई आएको सुन अवैध रुपमा नेपाल भिर्त्याउनको लागि मेरो कुनै लगानी छैन ।’

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।

भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय