२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा इञ्जिनियर र चालकको मृत्यु | हिन्दुकुश क्षेत्रमा कम वर्षाको अनुमान, विपद्को जोखिम भने कायमै | काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने आज अन्तिम दिन | प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता |

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्शेर राणा पक्षले कार्यसम्पादन समिति बैठक बहिष्कार गर्ने भएको छ। राणासँगै अर्का महामन्त्री कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर कार्यसम्पादन समितिमा उपस्थित नहुने जानकारी गराएका हुन्। अध्यक्ष लिङ्देनले आजका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

पार्टीभित्रको सद्भाव र सहकार्य अगाडि बढाउन ४ बुँदे प्रस्ताव पनि पत्रमा लेखिएको छ। विधानबमोजिम महाधिवेशन सम्पन्न गर्न महाधिवेशनको मिति तोक्ने, विधानविपरित भएका निष्कासन र कारबाही सम्बन्धी निर्णयहरू फिर्ता गर्ने, निष्पक्ष र सरल रुपमा महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम गर्ने र प्रभावकारी पार्टी सञ्चालनका निम्ति दुई पूर्वअध्यक्षहरू सहितको विवाद समाधान समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ।

केन्द्रीय समितिमा सल्लाह र जानकारी समेत नदिई अध्यक्षबाट केन्द्रीय सदस्य थप्दै जाँदा जाने कार्य भएको पत्रमा लेखिएको छ। दुई महामन्त्रीले लेखेको पत्रमा भनिएको छ, ‘४३ विभागमध्ये अधिकांश निस्क्रिय राख्दा पनि आन्तरिक एकतामा असर नपुगोस् भनेर अध्यक्षको निर्णयबारे सार्वजनिक तहमा बोलेनौं।’

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय