२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

जेन–जी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न तत्काल पार्टीभित्रको पुनर्गठन आवश्यक भएको ठहर गर्दै कांग्रेसमा विशेष महाधिवेशनको माग गरिएको छ । कांग्रेसका युवा नेताहरूको पहलमा विधानको धारा १७ (१) अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरिएको हो

महाधिवेशन प्रतिनिधिहरूका तर्फबाट युवा नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, सुरेन्द्रप्रसाद चौधरी, सुवासकुमार पोखरेल, उज्ज्वल बराल, रमेशप्रसाद धमला, दिक्पाल शाही, भरत खड्कासहित १७ जनाको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर विशेष महाधिवेशनको निवेदन दर्ता गराएका हुन् ।

उनीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन बोलाउनुपर्नाको कारणबारेको पत्र र पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरको सूची बुझाएका छन् । पार्टीको नीति, नेतृत्व र संरचनाबारे गहन छलफल र आत्मसमीक्षाका लागि केन्द्रीय कार्यसमितिको सीमित निर्णय अपर्याप्त रहेकाले नियमित वा विशेष महाधिवेशन मात्रै अहिलेको विकल्प भएको उनीहरूको भनाइ छ ।

विशेष महाधिवेशनबाट भदौ २३–२४ को जेन–जी आन्दोलनले व्यक्त गरेको जनअपेक्षा र युवा पुस्ताको मागलाई सम्बोधन गरी पार्टीलाई समयसापेक्ष र सशक्त बनाउन, समसामयिक चुनौती सामना गर्न नीति र संरचनामा सुधार गर्नका लागि महाधिवेशनको आवश्यकता रहेको विशेष महाधिवेशनका अभियानकर्ताहरूको ठम्याइ छ ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय