२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइलले फेरि गजामा आक्रमण गर्न सक्ने बताएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँगको टेलिफोन कुराकानीमा ट्रम्पले आफूले अनुमति दिएको खण्डमा इसराइलले पुनः गजामा हमासलक्षित सैन्य कारबाही चलाउन सक्ने चेतावनी दिएका हुन्।

इसराइलले हमासमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।

सम्झौताअनुसार हमासले ७२ घन्टाभित्र सबै जीवित बन्धक र मृत्यु भएकाहरूको शव फिर्ता गर्नुपर्ने भनिएको थियो।तर हमासले मृत्यु भइसकेका सबै बन्धकहरूको शव अझै फिर्ता गरेको छैन।

सिएनएनका अनुसार हमासले अहिलेसम्म ८ वटा शव इसराइललाई हस्तान्तरण गरेको छ। यद्यपि एउटा शव बन्धकको नरहेको भेटिएको थियो।

युद्धविराम सहमति गर्दै हमासले हतियार त्याग्ने, गजाको सरकारमा प्रतिनिधित्व गर्ने विषयमा गम्भीर असहमति जनाएको थियो।यद्यपि सम्झौतामा उल्लेख सबै विषय सबै पक्षले पालना नभए यद्धविराम भाँडिन सक्ने ट्रम्पले बताएका छन्।ट्रम्पकै २० बुँदे प्रस्तावमा टेकेर गत बिहीबार गजामा युद्धविराम घोषणा भएको थियो।

त्यसपछि सोमबार हमासले सबै जीवित बन्धकहरूलाई मुक्त गरेको थियो। युद्धविराम भएपछि गजामा हजारौं प्यालेस्टिनीहरू फर्किएर खण्डहर बनेको क्षेत्रमै बस्न थालेका छन्।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय