२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर सम्मेलनलाई लिएर संचार माध्यमले गरेको टिप्पणीमाथि प्रतिक्रिया दिएका छन्। संचार माध्यमहरूले उक्त भेटघाटलाई ट्रम्पको “ठूलो हार” भनेर चित्रण गरेपछि उनले कडा शब्दमा प्रतिवाद गरेका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ट्रम्पले भनेका छन्, “नक्कली समाचारहरूले ३ दिनदेखि निरन्तर मलाई पुटिनलाई अमेरिकामा शिखर सम्मेलन गर्न दिएकाले ठूलो हार बेहोरेको आरोप लगाइरहेका छन्। तर यो पूर्ण रूपमा गलत हो।”

उनका अनुसार, पुटिनले अमेरिकाबाहेक अन्य देशमा सम्मेलन गर्न चाहेका थिए, तर अन्ततः अमेरिका रोज्नु नै ठूलो उपलब्धि हो। “यो त हाम्रो लागि जित हो,” उनले लेखेका छन्।

सञ्चार माध्यमको नियतमाथि प्रश्न उठाउँदै उनले थपे, “यदि हामीले यो सम्मेलन विदेशमा आयोजना गरेका भए, डेमोक्र्याटहरूले नियन्त्रण गर्ने सञ्चार माध्यमले त्यसलाई पनि आलोचना गर्थे। यी मानिसहरू बिरामी छन्।”

ट्रम्पले संचार माध्यमलाई अपराध र अव्यवस्था चाहने आरोपसमेत लगाए। उनले भने, “हाम्रो दक्षिणी सीमाना अहिले सुरक्षित छ। पछिल्ला ३ महिनामा कुनै पनि अवैध आप्रवासी प्रवेश गरेका छैनन्। अब हाम्रा शहरहरू पनि सुरक्षित हुनेछन् र वासिङटन डिसीले यसको नेतृत्व गर्नेछ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय