२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

जनकपुरमा सुनचाँदी व्यवसायी र प्रहरीबीच झडप भएको छ। झडपमा १० जना प्रहरी र जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन्।जनकपुरधामको सोनारपट्टी स्थित संजय ठाकुरको ज्वेलर्समा छापा मार्न गएका प्रहरी र व्यवसायीबीच झडप भएको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस चलाउनुको साथै हवाई फायर समेत गरेको छ।

प्रहरीले बिल बिजक नभएको ७ किलो चाँदी बरामद गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको उनको भनाइ छ। राजश्व अनुसन्धानको कार्यालय पथलैयासँग समन्वय गरेर नै छापामारी गरिएको उनले बताए।

छापा हान्ने कुनै टोली थिएन, बल प्रयोग गरेर जर्बजस्ती सामान लैजान खोजियो, दिपावली छठको समयमा यसो नगर्नुस्, यदि गर्नुहुन्छ भने पनि संघका पदाधिकारी चाहियो, राजश्व अनुसन्धानका कर्मचारी हुनुपर्छ, भनेर आग्रह गर्‍यौं,’ उनले भने, ‘ तर क्राइमका सइ मनोज यादवले पछाडिबाट लाठी चार्ज गर्नुभयो, हवाई फायर र अश्रुग्यास हानेर लुटेरा शैलीमा चाँदी लगेका छन्।’

आफ्नो खुट्टा र ढाडमा समेत चोट लागेको उनले बताए। बिल बिजक नभएको भन्ने प्रहरीको आरोप सही नभएको उनको भनाइ छ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय