२०८२ चैत्र १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
काठमाडौंमा नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सुरु गर्दै काठमाडौं महानगरपालिका | मन्त्री प्रतिभा रावलले सुरु गरिन् सहकारी पीडितसँग प्रत्यक्ष छलफल | नयाँ संसदबाट नयाँ अपेक्षा: सुशासनदेखि रोजगारीसम्म जनताको संसदमा नजर | सुनचाँदीको भाउ ओरालो कतिमा झर्यो आजको मुल्य? | हनुमान जयन्तीको अवसरमा गृहमन्त्रीको पशुपतिनाथ भ्रमण | संसद् अधिवेशन सुरु: गृहमन्त्रीद्वारा ३ अध्यादेश प्रस्तुत गर्ने तयारी | आजदेखि एसईई सुरु ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी | एमाले संसदीय दलको नेतामा 'बादल' निर्विरोध: सुहाङको दाबी फिर्ता गर्न लगाईयो ! | उच्च अदालतको फैसलाले महेश बस्नेत विरुद्ध शोभा पाठकले लगाएको आरोप खारेज | चरित्रहत्या विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् अमिशा पराजुली |

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आज (शनिबार) विधिवत् सुरू भएको छ। यो पर्व यमराज र उनका दूतहरूको पूजा गरेर मनाइन्छ र प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया सम्म मनाइन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज दिउँसो १:२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि लाग्ने भएकाले धनतेरस (धनत्रयोदशी) र यमदीपदान आजै सुरु भएको हो। परिवारका सदस्यको संख्याअनुसार दीप बालेर दक्षिणतर्फ फर्काएर यमदीपदान गर्दा यमराज प्रसन्न हुने र परिवारलाई यमयातनाबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।

यस वर्षको तिहार तालिका अनुसार:

  • कार्तिक १ गते (शनिबार): धनतेरस र यमदीपदान

  • कार्तिक २ गते (आइतबार): काग तिहार र धनवन्तरी जयन्ती

  • कार्तिक ३ गते (सोमबार): कुकुर तिहार र लक्ष्मीपूजा

  • कार्तिक ४ गते (मङ्गलबार): पर्व छैन

  • कार्तिक ५ गते (बुधबार): गाईपूजा, गोवर्द्धन पूजा, म्ह पूजा (आत्मपूजा) र नेपाल संवत् ११४६ नयाँ वर्ष

  • कार्तिक ६ गते (बिहीबार): भाइटीका (किजापूजा) – शुभ साइत बिहान ११:३९

समितिका अनुसार टीका लगाउने क्रममा दाजुभाइ पश्चिमतर्फ र दिदीबहिनी पूर्वतर्फ फर्कनुपर्ने परम्परा छ। साइत छोडे पनि दिनभरि टीका लगाउन सकिने व्यवस्था गरिएको छ।

तिहारको अवसरमा राजधानी काठमाडौं लगायत प्रमुख शहरहरू झिलीमिली बत्तीले सजिएका छन्। लक्ष्मीपूजाका दिन भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने परम्पराले पर्वलाई अझ उल्लासमय बनाउँछ। प्रहरीले पटाका र अन्य विष्फोटक पदार्थको प्रयोग नगरी सुरक्षित र सभ्य तरिकाले पर्व मनाउन सबैमा आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय