२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समसामयिक सुरक्षा परिस्थितिबारे चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शनिबार शीतलनिवासमा छलफल गरेका छन्।

राष्ट्रपतिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई शीतलनिवासमा बोलाएर सामूहिक बैठक गरेका हुन्। छलफलमा सरकारका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको शीतलनिवास स्रोतले जनाएको छ।

स्रोतका अनुसार छलफलका क्रममा पछिल्ला राजनीतिक तथा सुरक्षा गतिविधि, शान्ति–सुरक्षा स्थिति र समन्वयात्मक भूमिकाबारे विचार–विमर्श भएको छ। यद्यपि, औपचारिक रूपमा छलफलका विषय सार्वजनिक गरिएको छैन।

राष्ट्रपति पौडेलले यसअघि पनि विभिन्न समयमा सुरक्षा निकायका प्रमुखहरूसँग आन्तरिक स्थायित्व र नागरिक सुरक्षासम्बन्धी छलफल गर्दै आएका छन्। हालको परिवेशमा यो बैठकलाई विशेष महत्वका साथ हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय