२०८३ आश्विन १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

घाइते जेनजीहरू आइतबार दिउँसो एक बजे सिंहदरबार छिर्ने तरखरमा थिए । करिब २५ जनाको समूह भित्र जाने पास कुर्दै थियो । कतिपय भने अगाडि नै नाम आएकाले छिर्न भ्याइहाले । कतिपय बाहिर अड्किए । केही सदस्य त्यहीँ थपिँदै थिए । सिंहदरबार गेटमा भेटिएका थिए- अम्बादत्त भट्ट । बैतडीका उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घाइते भएका रहेछन् । उनकाअनुसार बानेश्वरमा भदौ २३ गते राज्यतर्फबाट चलेको गोलीको घाइतेको लागि आवश्यक रगत उपलब्ध गराउने क्रममा उनी घाइते बने। ‘त्यो दिन जताजतै रगत अभाव भइरहेको भन्ने सुनेँ । अनि बानेश्वरमा संकलन भइरहेको रहेछ। त्यहीबेला रगत दिन लाग्दा ममाथि लाठ्ठीचार्ज भयो । टाउको फुट्यो,’ उनले भने ।

आन्दोलनका यी घाइते आइतबार दिउँसो सिंहदरबार गेटमै भेटिए । उनीसँगै अन्य पाँचजना सदस्य पनि थिए । एकजना बोलेपछि अरु नबोल्ने भन्दै पन्छिए । भट्टले नै ती पाँचजनाको प्रतिनिधित्व गर्दै भने, ‘आज प्रधानमन्त्रीलाई भेटेर कुरा गर्ने हो। हामीलाई अब प्रत्यक्ष कार्यकारी चाहियो । नौ वर्षमा दशवटा सरकार झेल्नुभन्दा एउटा कार्यकारी निर्वाचित आएपछि स्थायित्व हुन्छ। देशले गति लिन्छ।’

वैशाखी टेक्दै हिँडिरहेका एकजना बोले । औपचारिक कुरा गर्न खोज्दा भने उनले मानेनन् । मिडियामा आफूहरु अहिले नै नबोल्ने, जे बोल्नुपर्छ भित्र गएर (प्रधानमन्त्री कार्यालय) बोल्ने उनीहरुको भनाइ थियो ।

सुदिप पौडेल
+ posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय