२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

जेनजी आन्दोलनका क्रममा गम्भीर रूपमा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर जाँदैछन्।

कांग्रेस स्रोतका अनुसार उनीहरू सोमबार साँझ सिंगापुर प्रस्थान गर्ने तयारीमा छन्। केही दिनअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका कांग्रेस नेताले प्रधानमन्त्री सुशीला कार्की र सम्बन्धित सरकारी अधिकारीलाई देउवा दम्पत्तीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए। त्यसपछि सरकारले उनीहरूलाई उपचारका लागि विदेश जान अनुमति दिएको हो।

भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका सडकमाथि व्यापक आन्दोलन भड्किँदा देउवा निवासमा पनि आक्रमण भएको थियो। सो क्रममा देउवाको टाउकोमा गम्भीर चोट लागेर १२ टाँका लगाइएको थियो भने आरजु राणा देउवा समेत कुटपिटबाट घाइते भएकी थिइन्।

घटनापछि तत्काल उद्धार गरी उनीहरूलाई बुढानिलकण्ठस्थित निवासबाट सैनिक अस्पतालमा पुर्‍याइएको थियो, जहाँ झण्डै तीन हप्ता उपचारपछि उनीहरू अस्थायी आवासमा फर्किएका थिए।

पहिलो चरणको उपचारपछि चिकित्सकको सिफारिसअनुसार विदेशमा थप उपचार गर्नुपर्ने निष्कर्ष आएपछि सिंगापुर लैजाने तयारी भएको हो।

स्रोतका अनुसार सिंगापुरमा उनीहरू कति समय बस्ने भन्ने विषय खुलाइएको छैन, तर देउवाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै लामो समयसम्म निगरानी आवश्यक हुन सक्ने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय