११ कात्तिक २०८२,
सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता गराएको छ ।पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
नेपाल भ्रष्टाचार अभियुक्त भएका कारणले सुविधा कटौती गरिएको स्रोतले बताएको छ ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल रिहा भएका थिए ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
