२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि लागू गरेको नयाँ मापदण्डबारे प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर चासो देखाएकी छन्। बिहीबार बिहान उनले श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई बोलाएर उक्त मापदण्डले नेपाली कामदार र व्यवसायीमा पार्न सक्ने प्रभावबारे विस्तृत जानकारी लिइन्।

प्रधानमन्त्रीले सम्भावित असर न्युनिकरणका लागि तत्काल गृहकार्य गर्न र परराष्ट्र, अर्थ तथा श्रम मन्त्रालयसँग समन्वय गर्न निर्देशन दिएकी छन्।

सचिव पुष्करका अनुसार मलेसियाले जारी गरेको नयाँ मापदण्ड कूटनीतिक तहमै सम्बोधन गर्नुपर्ने खालको विषय हो। उनले नेपालका रोजगार व्यवसायी र कामदारको हितलाई ध्यानमा राख्दै छलफल र पहल अघि बढाइने बताए।

नेपालमा करिब १२०० वैदेशिक रोजगार व्यवसायी दर्ता छन्, जसमा ९०० भन्दा बढी मलेसियामै आश्रित छन्। नयाँ मापदण्डले करिब एक दर्जन ठूला कम्पनी मात्र योग्य बन्ने सम्भावना देखिएको छ, जसका कारण साना व्यवसायी र कामदारमा अन्योल बढेको छ।

मलेसिया लामो समयदेखि नेपाली कामदारका लागि प्रमुख रोजगारी गन्तव्य रहँदै आएको छ। नयाँ नियमले त्यहाँ रोजगारीमा जान चाहने हजारौं नेपाली प्रभावित हुने अनुमान गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय