२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको संयुक्त छलफलमा मुलुकको राजनीतिक स्थायित्व, सुरक्षाब्यवस्था र आसन्न निर्वाचन तयारीबारे विस्तृत रूपमा धारणा व्यक्त गरेकी छन्।

बालुवाटारमा भएको बैठकमा उनले देशको वर्तमान अवस्था र अन्तरिम सरकारको भूमिकाबारे स्पष्ट दृष्टिकोण राख्दै भनिन्, “हामी राजनीतिक नेता होइनौँ। भदौ २३ गतेअघिसम्म यस्तो परिस्थिति आउला भन्ने कल्पना पनि गरेका थिएनौँ। त्यो दिन बानेश्वरको एउटा घरमा थुनिँदा हामी आफै पनि विस्थापित भयौँ कि भन्ने महसुस भयो।”

प्रधानमन्त्रीले स्पष्ट रूपमा भनिन् कि देशमा स्थायित्वका लागि निर्वाचित सरकार अपरिहार्य छ। “राजनीतिक दल र निर्वाचन एकअर्काका परिपूरक हुन्,” उनले भनिन्, “दलहरू बिना व्यवस्था चल्दैन, त्यसैले स्थायित्व निर्वाचनमार्फतै सम्भव छ।”

छलफलमा उनले हाल देखिएका आन्दोलन र नयाँ पुस्ताको सक्रियता पनि उठाइन्। प्रधानमन्त्रीले ‘जेनजी’ पुस्ताको विविध विचारप्रति सकारात्मक दृष्टिकोण व्यक्त गर्दै भनिन्, “कतिपय जेनजीहरू चर्का कुरा गर्छन्, कतिपय परिपक्व विचार ल्याउँछन्। जे भए पनि ती सबै हाम्रा छोराछोरी हुन्  सिक्दै छन्, बुझ्दै छन्।” उनले नयाँ पुस्तालाई लोकतान्त्रिक अभ्यासमा सक्रिय रूपमा सहभागी हुन पनि आह्वान गरिन्।

प्रधानमन्त्रीले सुरक्षाको तयारीबारे पनि प्रष्ट पारेकी छन्। उनका अनुसार, प्रहरीका लागि आवश्यक साधन–सामग्री जुटाउने काम तीव्र रूपमा अघि बढेको छ। उनले भनिन्, “प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिद प्रक्रिया अघि बढिसकेको छ, छिमेकी मुलुक र मित्रराष्ट्रहरूले सहयोगको वाचा गरेका छन्।”

आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी संरचनामध्ये ९० प्रतिशत स्थानीय जनताले पुनर्निर्माण गरेको भन्दै उनले जन–प्रहरी सम्बन्ध अझ बलियो भएको उल्लेख गरिन्।

निर्वाचन तयारीबारे प्रधानमन्त्रीले भनिन्, “निर्वाचन आयोगलाई आवश्यक १२० मध्ये ९० प्रतिशतभन्दा बढी सामग्री उपलब्ध भइसकेका छन्, बाँकी तयारी अन्तिम चरणमा छ।” उनका अनुसार, आयोगले तोकिएकै मितिमा निर्वाचन गर्न सकिने विश्वास दिलाएको छ।

बैठकले संघ र प्रदेशबीचको सहकार्य अझ सुदृढ गर्ने सन्देश दिएको छ। प्रधानमन्त्री कार्कीले सबै मुख्यमन्त्रीहरूलाई निर्वाचनका तयारी र जनस्तरको संवादमा जुट्न निर्देशन दिएकी छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय