२०८२ चैत्र १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको संयुक्त छलफलमा मुलुकको राजनीतिक स्थायित्व, सुरक्षाब्यवस्था र आसन्न निर्वाचन तयारीबारे विस्तृत रूपमा धारणा व्यक्त गरेकी छन्।

बालुवाटारमा भएको बैठकमा उनले देशको वर्तमान अवस्था र अन्तरिम सरकारको भूमिकाबारे स्पष्ट दृष्टिकोण राख्दै भनिन्, “हामी राजनीतिक नेता होइनौँ। भदौ २३ गतेअघिसम्म यस्तो परिस्थिति आउला भन्ने कल्पना पनि गरेका थिएनौँ। त्यो दिन बानेश्वरको एउटा घरमा थुनिँदा हामी आफै पनि विस्थापित भयौँ कि भन्ने महसुस भयो।”

प्रधानमन्त्रीले स्पष्ट रूपमा भनिन् कि देशमा स्थायित्वका लागि निर्वाचित सरकार अपरिहार्य छ। “राजनीतिक दल र निर्वाचन एकअर्काका परिपूरक हुन्,” उनले भनिन्, “दलहरू बिना व्यवस्था चल्दैन, त्यसैले स्थायित्व निर्वाचनमार्फतै सम्भव छ।”

छलफलमा उनले हाल देखिएका आन्दोलन र नयाँ पुस्ताको सक्रियता पनि उठाइन्। प्रधानमन्त्रीले ‘जेनजी’ पुस्ताको विविध विचारप्रति सकारात्मक दृष्टिकोण व्यक्त गर्दै भनिन्, “कतिपय जेनजीहरू चर्का कुरा गर्छन्, कतिपय परिपक्व विचार ल्याउँछन्। जे भए पनि ती सबै हाम्रा छोराछोरी हुन्  सिक्दै छन्, बुझ्दै छन्।” उनले नयाँ पुस्तालाई लोकतान्त्रिक अभ्यासमा सक्रिय रूपमा सहभागी हुन पनि आह्वान गरिन्।

प्रधानमन्त्रीले सुरक्षाको तयारीबारे पनि प्रष्ट पारेकी छन्। उनका अनुसार, प्रहरीका लागि आवश्यक साधन–सामग्री जुटाउने काम तीव्र रूपमा अघि बढेको छ। उनले भनिन्, “प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिद प्रक्रिया अघि बढिसकेको छ, छिमेकी मुलुक र मित्रराष्ट्रहरूले सहयोगको वाचा गरेका छन्।”

आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी संरचनामध्ये ९० प्रतिशत स्थानीय जनताले पुनर्निर्माण गरेको भन्दै उनले जन–प्रहरी सम्बन्ध अझ बलियो भएको उल्लेख गरिन्।

निर्वाचन तयारीबारे प्रधानमन्त्रीले भनिन्, “निर्वाचन आयोगलाई आवश्यक १२० मध्ये ९० प्रतिशतभन्दा बढी सामग्री उपलब्ध भइसकेका छन्, बाँकी तयारी अन्तिम चरणमा छ।” उनका अनुसार, आयोगले तोकिएकै मितिमा निर्वाचन गर्न सकिने विश्वास दिलाएको छ।

बैठकले संघ र प्रदेशबीचको सहकार्य अझ सुदृढ गर्ने सन्देश दिएको छ। प्रधानमन्त्री कार्कीले सबै मुख्यमन्त्रीहरूलाई निर्वाचनका तयारी र जनस्तरको संवादमा जुट्न निर्देशन दिएकी छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय