२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह | हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन |

यस वर्षको जनवरीदेखि अक्टोबरसम्म नेपाल भ्रमणमा आउने पर्यटकको संख्या नौ लाख ४३ हजार ७१६ पुगेको छ। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर महिनामात्र एक लाख २८ हजार ४४३ जना विदेशी पर्यटक नेपाल आएका छन्।

अक्टोबर महिनालाई पर्यटकीय याम मानिने भएकाले यस अवधिमा आगन्तुकको संख्या उल्लेख्य रूपमा बढेको बोर्डले जनाएको छ।

क्षेत्रगत रूपमा हेर्दा, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य मुलुकबाट २३ हजार १२७, युरोपबाट ४० हजार ५००, ओसियानाबाट ६ हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट तीन हजार ५४८, अफ्रिकाबाट ४४३ र अन्य मुलुकबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन्।

भारत नेपाल आउने मुख्य स्रोत देश रहँदै आएको छ। अक्टोबरमा मात्रै भारतबाट १७ हजार २९८ जना आएका थिए। त्यसपछि अमेरिका (१३ हजार २८६), बेलायत (८ हजार ७१८), चीन (६ हजार ७५५), जर्मनी (६ हजार ३६६) र अष्ट्रेलिया (६ हजार १७७) प्रमुख स्रोत मुलुक बनेका छन्।

त्यसैगरी, श्रीलङ्का (५ हजार ५३५), फ्रान्स (५ हजार ४५), बङ्गलादेश (४ हजार ६४१) र म्यानमार (३ हजार ३८) बाट पनि उल्लेख्य संख्यामा आगन्तुक नेपाल आएका थिए।

नेपाल पर्यटन बोर्डका अनुसार पछिल्ला महिनाहरूमा हवाई उडान, मौसम र पर्वका कारण आगन्तुकको संख्या क्रमिक रूपमा बढ्दै गएको छ। बोर्डले वर्षअन्त्यसम्म एक मिलियन अर्थात् १० लाखभन्दा बढी पर्यटक नेपाल आउने अनुमान गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय