२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

अन्नपूर्ण आधार शिविर क्षेत्रमा गएरातिदेखि भारी हिमपात र खराब मौसमका कारण भ्रमणमा गएका पर्यटकको सुरक्षा तथा सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको आधार शिविरमा पर्यटकको ठूलो भीड रहेकाले सञ्चारको पहुँच नभएकाले कुनै आपतकालीन अवस्थामा पर्यटक अलपत्र पर्न सक्ने जोखिम रहेको छ। त्यसैले गाउँपालिका र जिल्ला प्रशासनको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली ‘मौरिस हर्जोग’ पदमार्ग हुँदै आधार शिविरमा प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिएका छन्।

टोलीमा हिमाली उद्धारकर्मी इन्द्रसिंह शेरचनसमेत सहभागी छन्। पर्यटकलाई सुरक्षित रहन र हिमाली जोखिम कम गर्न आवश्यक सतर्कता अपनाउने निर्देशन दिइएको छ।

जल तथा मौसम विज्ञान विभागको बुलेटिन अनुसार आगामी शुक्रबारसम्म हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेकोले अन्नपूर्ण आधार शिविर, खोप्रालेक, मोहरेडाँडा, पुनहिल लगायतका क्षेत्रमा जाने भ्रमण पूर्णरूपमा रोक लगाइएको छ। गाउँपालिकाले पनि पर्यटकलाई सुरक्षित बस्न र मौसमअनुसार सतर्क रहन आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय