२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

लामो समयदेखि एकता प्रक्रियाप्रति असहमति जनाउँदै आएका नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल अन्ततः प्रचण्ड–माधवको पक्षमा उभिएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार आयोजित ‘नेपाली कम्युनिष्ट पार्टी’ घोषणा सभामा खनाल पनि सहभागी भएका छन् । सुरुदेखि नै एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका उनले अन्ततः सभामा पुगेर सबैलाई आश्चर्यचकित बनाएका हुन् ।

खनालले यसअघि पार्टी पुनर्गठनको तयारी गर्दै एमालेमा फर्किने संकेत दिएका थिए । मंगलबार मात्रै उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका थिए । तर ओलीले उनलाई तत्काल स्वागत गर्न नचाहेपछि खनालले दिशा परिवर्तन गर्दै एकताको सभामा सहभागी हुने निर्णय गरेका हुन् ।

सभामा ढिला पुगेका खनालले प्रचण्डप्रति विश्वास व्यक्त गर्दै भने, ‘मैले कमरेड प्रचण्डसँग कुरा गरिसकेको छु, उहाँले केही कुराहरू मिलाउने प्रतिबद्धता जनाउनुभएको छ । त्यसकै विश्वासमा म यहाँ आएको हुँ ।’

उनले एकता प्रक्रियाप्रति केही असहमति रहेको स्वीकार गर्दै पनि अन्ततः कम्युनिष्ट आन्दोलनलाई एक ठाउँमा ल्याउनैपर्ने बताएका छन् । ‘हामीले कहिल्यै फुटोस् भनेर चाहेका होइनौं, तर जे कुरा पस्यो त्यसलाई उखेलेर निकाल्नुपर्छ,’ उनले भने ।

सभामा खनालले माधव नेपालको नाम भने नलिँदै प्रचण्डलाई लालसलाम गर्दै सम्बोधन गरे । उनले भने, ‘देशमा समाजवादी क्रान्ति सम्पन्न गर्न र नेपाली विशेषताको समाजवाद स्थापना गर्न हामी सबै एक ठाउँमा आएका हौँ ।’

यससँगै लामो समयदेखिको खनालको अनिश्चितता अन्त्य भएको र उनी औपचारिक रूपमा प्रचण्ड–माधव पक्षमै उभिएको स्पष्ट भएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय