२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

काठमाडौं जिल्ला प्रहरी परिसरले अनलाइन ठगीका घटनाहरू बढ्दो भएपछि नागरिकहरूलाई सचेत रहन अनुरोध गरेको छ।

प्रहरीका अनुसार ठगी गर्नेहरूले सस्तो दरमा सामान देखाएर अग्रिम भुक्तानी गर्न लगाउने, भुक्तानी भए पनि पैसा नपुगेको बहाना गर्दै व्हाट्सएप कलमा स्क्रिन सेयर गराउन र ओ.टी.पी. लिएर बैंक खाता ह्याक गर्ने घटनाहरू बढेका छन्।

नेपाल प्रहरीले भनेको छ, “कुनैपनि व्यक्तिले आफ्नो स्क्रिन सेयर वा ओ.टी.पी. अरुलाई दिनु हुँदैन। यस्तो कार्य ठगीको मुख्य उपाय हो र यसबाट बच्न सतर्क रहन जरुरी छ।”

अवश्यक परेमा नागरिकहरूले १०० (नेपाल प्रहरी), १०३ (ट्राफिक प्रहरी), ९८५१२८३०१२ (जिल्ला प्रहरी परिसर काठमाडौं) वा १०४ (बालबालिका खोजतलास समन्वय केन्द्र) मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।

यो चेतावनी अनलाइन किनमेल र भुक्तानी प्रणालीमा भएको जोखिमप्रति नागरिकको सचेतना बढाउने उद्देश्यले जारी गरिएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय