२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड २३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार, दुवैले मिलेमतो गरी राजस्व चुहावट गरेर गैरकानुनी लाभ उठाएका छन्। आयोगले उनीहरूको कार्यबाट नेपाल सरकारलाई १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बराबरको आर्थिक हानी पुगेको दाबी गर्दै सोही बराबर जरिवाना र कैद सजायको माग गरेको छ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा गछिया खोलाबाट बालुवा–गिट्टी उत्खननका लागि स्वामिनारायण निर्माण सेवा प्रालिसँग ९ करोड ५१ लाख रुपैयाँको ठेक्का सम्झौता गरेको थियो। तर, ठेक्का वापत बुझाउनुपर्ने भ्याट रकम कर कार्यालयमा दाखिला नगरी राजस्व छली गरिएको अनुसन्धानमा खुलेको आयोगले जनाएको छ।

अख्तियारको भनाइमा, कर अधिकृत आले र कम्पनीका निर्देशक बस्नेतबीच मिलेमतो गरी झुटा लिखत तयार पारिएको र सो माध्यमबाट राज्यको राजस्व छली गरिएको ठोस प्रमाण फेला परेको हो।

आयोगले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा ९, १७ र २२ बमोजिम सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय