२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ करोड २३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार, दुवैले मिलेमतो गरी राजस्व चुहावट गरेर गैरकानुनी लाभ उठाएका छन्। आयोगले उनीहरूको कार्यबाट नेपाल सरकारलाई १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बराबरको आर्थिक हानी पुगेको दाबी गर्दै सोही बराबर जरिवाना र कैद सजायको माग गरेको छ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा गछिया खोलाबाट बालुवा–गिट्टी उत्खननका लागि स्वामिनारायण निर्माण सेवा प्रालिसँग ९ करोड ५१ लाख रुपैयाँको ठेक्का सम्झौता गरेको थियो। तर, ठेक्का वापत बुझाउनुपर्ने भ्याट रकम कर कार्यालयमा दाखिला नगरी राजस्व छली गरिएको अनुसन्धानमा खुलेको आयोगले जनाएको छ।

अख्तियारको भनाइमा, कर अधिकृत आले र कम्पनीका निर्देशक बस्नेतबीच मिलेमतो गरी झुटा लिखत तयार पारिएको र सो माध्यमबाट राज्यको राजस्व छली गरिएको ठोस प्रमाण फेला परेको हो।

आयोगले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा ९, १७ र २२ बमोजिम सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय