२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन | फिफा विश्वकप २०२६ : आयोजक क्यानडा र बोस्नियाबीच अंक बाँडफाँड | काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक |

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र, जसलाई ‘ही–म्यान’का रूपमा चिनिन्छ, ९० वर्षको उमेरमा पनि दर्शकमा अत्यधिक लोकप्रिय छन्। हाल उनी ब्रीच क्याण्डी अस्पतालमा भर्ना छन्। रिपोर्टअनुसार उनलाई सास फेर्न गाह्रो भएको थियो तर  केही भारतीय सञ्चार माध्यमले उनको मृत्यु भएको झुठो  समाचार फैलाए पछी परिवारले यसलाई खारेज गर्दै  उनी चिकित्सकीय निगरानीमा रहेको जानकारी गराएका छन् ।

परिवारले सञ्चार माध्यमहरुलाई झुठा अफवाह नफैलाउन र फ्यानहरुलाई फैलाउन  नदिन साथै  धर्मेन्द्रको स्वास्थ्य लाभको लागि प्रार्थना गर्न आग्रह गरेका छन्।

हेमा मालिनीले सामाजिक सञ्जालमा लेखिन्, “के भइरहेको छ, त्यो अस्वीकार्य छ। कसरी जिम्मेवार सञ्चार माध्यमहरूले उपचारमा प्रतिक्रिया देखाइरहेका व्यक्तिको मृत्यु फैलाउन सक्छन्? यो धेरै असम्मानजनक र गैरजिम्मेवार हो। कृपया परिवारको गोपनीयताको सम्मान दिनुहोस्। म भगवानसँग प्रार्थना गर्छु कि धर्मेन्द्र जी छिट्टै स्वस्थ हुन।”

माफी तथा स्पष्टीकरण

हामीले पछिल्ला केही घण्टामा भारतीय सञ्चार माध्यमहरूमा फैलिएर आएको धर्मेन्द्रको मृत्युसम्बन्धी समाचार लेखेका थियौं  पछी ति समाचारहरू गलत भएको पाइएको छ। हामी यस विषयमा भएको भ्रम तथा असुविधाका लागि पाठक, दर्शकसमक्ष क्षमाप्रार्थी छौं। हामी पुष्टि नभएको समाचारलाई पुनःप्रकाशन नगर्न र केवल आधिकारिक स्रोत र परिवारद्वारा उपलब्ध गराइएका जानकारीमाथि मात्र भर पर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय