२०८२ माघ २९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
आजको तरकारीको मूल्यसूची: मटरकोसा ६०, घिउ सिमी १३० अरुको कती? | झापा क्षेत्र नं ५ केन्द्रित ओलीको व्यस्त चुनावी कार्यक्रम | आयोगले ६ हजार ७४३ वडामा सञ्चालन गर्दै मतदाता शिक्षा कार्यक्रम | आजदेखि चुनावी सुरक्षार्थ निर्वाचन प्रहरी फिल्डमा खटाइयो | रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह सर्लाही भ्रमणमा | चुनावी दौडमा रहेका विनोद चौधरीको दुर्गेश थापासँग भेट | रुकुम पूर्वबाट दाङ जाँदै गरेको बोलेरो जिप सल्यानमा दुर्घटनाग्रस्त | नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय |

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूलाई आगामी प्रतिनिधिसभा निर्वाचनप्रति अनावश्यक डर देखाउनु नपर्ने बताएका छन्। उनले पाँच सय बन्दुक बाहिर भएकै कारण चुनावमा जान डराएको भन्ने कुरामा आश्चर्य व्यक्त गरे।

नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको ‘प्रतिनिधि सभा निर्वाचनः चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले फागुन २१ गते हुने निर्वाचनको वातावरण सरकारले तयार गरिसकेको बताए।

उनले भने, “तपाईँहरूले ५२ सालको जनयुद्धको वातावरण फेस गर्नुभयो। जुनसुकै बेला गोली चल्थ्यो। आजको अवस्था त्यसको तुलनामा धेरै सुरक्षित छ।”

मन्त्री सिन्हाले अहिले राति पनि मानिसहरू निडर रूपमा हिँडडुल गर्न सक्ने अवस्था रहेको उल्लेख गरे। उनले थपे, “यदि आजका दलहरू पाँच सय बन्दुक बाहिर छ भनेर डराइरहेका छन् भने त्यो असम्भव लाग्छ। यो केवल केहीको व्यक्तिगत धारणा हुन सक्छ।”

उनले सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले चुनावको वातावरण बनाउन ध्यान दिनुपर्नेमा जोड दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय