२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न ‘उज्यालो नेपाल’ दलको केन्द्रीय कमिटी सूचीमा नाम समेटिएपछि टासी ल्हान्जोमले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको स्पष्ट गरेकी छन्।

मंगलबार मात्रै निर्वाचन आयोगमा विधान र केन्द्रीय कमिटीको विवरण बुझाएको ‘उज्यालो नेपाल’को सूचीमा विवेकशील पार्टी छाडेका र पहिचान आन्दोलनमा सक्रिय केही व्यक्तिहरूको नाम पनि समावेश गरिएको छ। सोही सूचीमा टासी ल्हान्जोमको नाम देखिएपछि चर्चा चुलिएको हो।

तर टासीले आफू र पार्टीका केही व्यक्तिहरूबीच सामान्य कुराकानी मात्र भएको बताउँदै स्पष्ट पारिन्, “मसँग सामान्य कुराकानी भएको हो, तर म कुनै दलमा आबद्ध भइसकेकी छैन।”

‘उज्यालो नेपाल’ गठन प्रक्रियामा अगुवाइ गर्दै आएका जितराम लामाले भने सो सूचीमा टासीकै नाम रहेको दाबी गरेका छन्।

यसअघि मन्त्रिपरिषद् विस्तारको बेला टासी मन्त्री बन्ने चर्चा चलेपछि उनी विवादमा तानिएकी थिइन्। अहिले ‘उज्यालो नेपाल’को सूचीमा नाम देखिएपछि फेरि उनको नाम सार्वजनिक चर्चाको केन्द्रमा आएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय