२०८३ आश्विन १७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक मार्गमा अघि बढाउनका लागि फागुन २१ गते हुने आम निर्वाचनलाई सबैभन्दा ठूलो प्राथमिकता दिनुपर्ने बताएका छन्।

सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले देश र पार्टी दुबै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै दलहरू, नागरिक समाज र सबै लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताएका छन्।

कोइरालाले भने, “मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन आम निर्वाचन नै एकमात्र विकल्प हो। त्यसैले कांग्रेसले यो निर्वाचनमा सहभागी हुनैपर्छ।” उनले भने, निर्वाचनका लागि भयरहित र निष्पक्ष वातावरण बनाउने जिम्मेवारी भने सरकारको भएको पनि स्मरण गराए।

उनका अनुसार, हाल देशमा राजनीतिक अस्थिरता र अविश्वासको माहोल छ, जसले लोकतन्त्रलाई कमजोर बनाएको छ। यस्तो अवस्थामा वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई आत्मसात् गरेर कांग्रेसभित्र एकता र अनुशासन कायम गर्नुपर्ने उनले जोड दिए।

कोइरालाले पार्टीभित्रको आन्तरिक द्वन्द्व समाधान गर्न संवाद र सहकार्य अपरिहार्य भएको बताए। विशेष महाधिवेशनको विषयमा भने उनले “अहिले त्यस्तो कदम व्यावहारिक छैन” भन्दै हस्ताक्षर गर्ने नेताहरूसँग विश्वासको वातावरण बनाउनुपर्ने सुझाव दिए।

जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले संविधानमा कुनै परिवर्तन नगरेकाले, आवश्यक परे नयाँ संसदबाट संविधान संशोधनमार्फत जायज माग सम्बोधन गर्न सकिने उनको धारणा छ।

सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा भएको आक्रमणको उनले तीव्र निन्दा गर्दै, “भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्छ,” भने।

कोइरालाले अन्त्यमा भने, “लोकतान्त्रिक मूल्य र विश्वास जोगाउन, पार्टीभित्र एकता र देशभित्र स्थायित्व ल्याउन आगामी निर्वाचन सबैका लागि निर्णायक अवसर हो।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय