२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत मन्त्री घिसिङले प्राधिकरणबाट कानुनसम्मत रूपमा चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना भए पनि प्रक्रिया ठोस परिणामतर्फ अघि बढेको स्पष्ट पारेका हुन्।

उनले भने, “राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुली अब ठोस नतिजातर्फ अग्रसर भएको छ। अवस्था यस्तो थियो कि राज्यले उठाउनुपर्ने महसुल वक्यौतालाई जिम्मेवार पदमा रहेका केही व्यक्तिबाट निस्तेज पार्ने प्रयास भए पनि निरन्तर निगरानी र प्रयासका कारण अब प्रक्रिया सफलताको बाटोमा छ।”

मन्त्री घिसिङले हालको विषम परिस्थितिमा पनि बक्यौता रकम किस्ता तिर्न सुरु गरेका सम्पूर्ण उद्योगीलाई धन्यवाद दिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय