२०८२ चैत्र १८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानन्यायाधीश पद रिक्त भएपछि कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्लको इन्ट्री | पोखरामा अवैध ‘ट्रान्स पार्टी’मा छापा विदेशीसहित ३८ जना पक्राउ | सुनको मूल्यमा भारी उछाल चाँदी पनि महँगियो | पुरानै टिममा भरोसा बालेनले सुरेन्द्र बजगाईंलाई दिए प्रेस संयोजकको जिम्मा | एमाले प्रदर्शनमा कुटिएका वृद्धलाई गृहमन्त्री सुदन गुरुङले घरमै गएर भेटे | ललितपुरमा एमालेको प्रदर्शनका क्रममा वृद्धमाथि आक्रमणमा संलग्न युवक प्रहरी नियन्त्रणमा | संविधान संशोधन कार्यदलमा असिम शाहको नेतृत्व, योग्यता र पुराना अभिव्यक्तिमाथि बहस चर्कियो | अब जुनसुकै सरकारी अस्पतालबाट वैदेशिक रोजगारका लागि स्वास्थ्य परीक्षण | अध्यागमनको कालोसूचीमा व्यवसायी दीपक भट्ट | राज्यको प्रतिशोधविरुद्ध एकताबद्ध हुन एमालेको अपिल |

आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले प्रमुख राजनीतिक दलका नेताहरूसँग आचारसंहिता र तयारीबारे अन्तिम चरणको छलफल थालेको छ। आयोगको केन्द्रीय कार्यालय, कान्तिपथमा अहिले दलका शीर्ष नेताहरू सहभागी भएर बैठक चलिरहेको छ।

आयोगले निर्वाचनको तयारी, आचारसंहिता कार्यान्वयन र दलहरूको अपेक्षाबारे प्रत्यक्ष संवादका लागि यो छलफल आयोजना गरेको हो। प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको संयोजनमा भइरहेको छलफलमा आयुक्त डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा पनि उपस्थित छन्।

दलहरूको तर्फबाट नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसाल, एमालेका खगराज अधिकारी, र नेकपाका लिलामणि पोखरेल लगायतका नेताहरू सहभागी छन्। बैठकमा निर्वाचन प्रक्रिया पारदर्शी बनाउन आवश्यक व्यवस्थागत तयारी र आचारसंहिता उल्लङ्घन रोक्नका उपायमाथि छलफल भइरहेको बताइएको छ।

यसअघि बुधबार आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन तयारीबारे विस्तृत जानकारी दिएको थियो। आयोगले अब दलहरूसँग निरन्तर संवादमार्फत निर्वाचन सफल बनाउने तयारी तीव्र पारेको जनाएको छ।

उता, विपक्षी दलहरूले भने सरकार निर्वाचनको वातावरण निर्माणमा गम्भीर नभएको आरोप लगाउँदै आएका छन्। आयोगले भने सबै दलको सहकार्यबिना निष्पक्ष निर्वाचन सम्भव नहुने भन्दै सहमतिको वातावरण बनाउन पहल अघि बढाएको स्पष्ट पारेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय