२०८२ चैत्र १६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ब्रिज कोर्सदेखि संविधान संशोधनसम्म: मन्त्रिपरिषद् बैठकका निर्णय | नेता तथा कार्यकर्तालाई मन्त्रालयमा अनावश्यक भेटघाट नगर्न रास्वपाको निर्देशन | सर्वोच्चद्वारा ओलीलाई छोड्न अस्वीकार, कारण देखाऊ आदेश जारी | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु | सर्वोच्चद्वारा रमेश लेखकलाई रिहा गर्न अस्वीकार! केपी ओलीको रिट के होला ? | सांसदसँग छलफलमा बालेन: जनताले अनुभूति गर्ने कामको सूची माग | युवती जलाएर हत्या घटनामा कडा कारबाहीको माग बढ्दो | किन हटाइयो इन्ट्रान्स र ब्रिज कोर्स बन्द गर्ने निर्णयको सूचना? | मन्त्रीहरूपछि सांसदसँग संवादमा जुटे प्रधानमन्त्री बालेन्द्र शाह | ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा |

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र माघ ११ गते तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दर्ताका लागि औपचारिक रूपमा आह्वान गरेको छ।

आयोगले शुक्रबार जारी गरेका छुट्टाछुट्टै सूचनाहरू मार्फत दुवै निर्वाचनका लागि आवश्यक प्रक्रिया प्रारम्भ गरेको जनाएको छ। आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्न सकिनेछ भने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि ७ गतेसम्म दर्ता अवधि रहनेछ।

दल दर्ताका बेला दलसम्बन्धी विवरण, आयोगमा नाम दर्ता मिति, आवश्यक कागजात तथा पुरानै दर्ता नवीकरण सम्बन्धी विवरण उपलब्ध गराउनुपर्ने आयोगले जनाएको छ।

फागुन २० गतेपछि राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुने भएकाले सोही रिक्तता पूर्तिका लागि माघ ११ गते निर्वाचन तोकिएको आयोगले स्पष्ट पारेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय