२०८२ चैत्र २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिट आज सुनुवाइ, के आज आउला फैसला? | प्रहरी सक्रियता बढेपछि गृहमन्त्रीको अभिव्यक्ति : ‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हतकडी | भक्तपुरमा प्रहरीको ‘स्वीप अप्रेसन’, रातभरिमा ६० भन्दा बढी व्यक्ति नियन्त्रणमा | भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु | अमिशा पराजुलीलाई साईबर बुलिङ गर्ने एक जना रौतहटबाट पक्राउ | के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि |

मधेसको धेरै ठाउँमा उमेर नपुग्दै विवाह हुने प्रचलन अझै गम्भीर अवस्थामा रहेको विभिन्न पछिल्ला तथ्याङ्कले देखाएका छन्। बालविवाहविरुद्ध कानुनी व्यवस्था कडा भए पनि व्यवहारमा यसको असर पर्याप्त रूपमा नपरेको देखिन्छ।

२०७८ सालको राष्ट्रिय जनगणनामा थापाथलीस्थित राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मधेसमा अझै १० वर्ष नपुग्दै विवाह हुने घटना पाइएका छन्। यस्तो अवस्था शून्य दशमलव दुई प्रतिशत भए पनि १०–१४ वर्ष उमेर समूहमा ९.३ प्रतिशत र १५–१७ वर्ष समूहमा २७.७ प्रतिशत बालबालिका विहे पछि परिवारिक जिम्मेवारीमा बाँधिन बाध्य देखिन्छन्।


१८–२० वर्षका समूहमा विवाह गर्नेहरूको संख्या ३९.५ प्रतिशत छ, जसमा पुरुषको औसत उमेर २० वर्ष पुगे पनि महिलाको उमेर १७ वर्षकै हाराहारीमा सीमित रहेको तथ्याङ्कले जनाउँछ।

मधेसमा १८ वर्ष नपुग्दै विवाह गर्ने महिलाको दर ४२.४ प्रतिशत पुगेको छ। महोत्तरीमा यो दर झनै उच्च रहेको सेभ द चिल्ड्रेन बर्दिबासका सञ्चार अधिकृत झम्केश्वर ओझाको भनाइ छ।

यद्यपि स्थानीय तहका प्रतिनिधिहरू भने जनगणनापछिको अवस्थाले सुधारको संकेत दिएको बताउँछन्। जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमारलाल कर्णका अनुसार निरन्तर चलाइएका सामाजिक अभियान, अभिभावक सचेतना कार्यक्रम र कानुनी कार्यान्वयनका प्रयासहरूले केही स्थानीय तहमा सकारात्मक परिणाम देखिन थालेका छन्। १५ मधेसका सात स्थानीय तहमा साझेदारीमा चलाइएका अभियानले बालविवाहमा कमी आएको उनको भनाइ छ।

मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले २०७८ सालसम्म ‘विकाराल’ अवस्थासम्म पुगेको बालविवाह अब नगर क्षेत्रमा करिब शून्यमा झरेको दाबी गर्छन्। ‘बस्ती–बस्तीमा अभियान टोली, किशोरी शिक्षा, छोरी शिक्षा कार्यक्रम सक्रिय भएपछि हालसम्म एक वर्षमा बालविवाहको घटना देखिएका छैनन्,’ उनले बताए।

मधेस प्रदेश सरकारले २०७८ सालमै सन् २०३० सम्म प्रदेशलाई ‘बालविवाह मुक्त’ बनाउने १० वर्षे योजना अघि सारेको थियो।

साथै, प्रदेश बालअधिकार ऐन, लैङ्गिक समानता नीति, बालिका सशक्तीकरण तथा संरक्षण ऐन र ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानले पनि पछिल्लो समयमा सुधार ल्याउन मद्दत गरेको अधिकारीहरूको दाबी छ तर स्थानीय र सरकारी दुवै संयन्त्रले जोड दिएअनुसार समस्या घटे पनि अन्त्य टाढै छ, र निरन्तर सचेतना तथा कानुनी कार्यान्वयन बिना मधेसमा बालविवाह पूर्ण रूपमा रोक्न चुनौती रहिरहेकै छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय