२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि भारतले जितेको छ। गोवास्थित पण्डित जवाहरलाल नेहरू रंगशालामा शनिबार राति सम्पन्न फाइनल खेलमा बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो।

यससँगै भारतले साफ महिला च्याम्पियनसिपको इतिहासमा छैटौँ पटक उपाधि आफ्नो नाम गरेको छ। पछिल्लो पटक भारतले सात वर्षअघि सन् २०१९ मा नेपालमा आयोजित प्रतियोगिताको उपाधि जितेको थियो। त्यसअघि पनि प्रतियोगिताको पहिलोदेखि पाँचौँ संस्करणसम्म भारत लगातार च्याम्पियन बनेको थियो।

फाइनल खेलमा भारतका लागि प्यारी सासाले ४२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। तर पहिलो हाफको अतिरिक्त समयमा बंगलादेशकी ऋतुपोर्ना चक्माले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याइन्।

दोस्रो हाफको सुरुआतमै सन्फिदा नोङरुमले भारतका लागि दोस्रो गोल गरिन्। त्यसपछि ८४औँ मिनेटमा लिन्दा कोम सेर्टोलेले गोल थप्दै भारतको जित सुनिश्चित गरिन्।

प्रतियोगिताको समूह चरणमा पनि भारतले बंगलादेशलाई ३–० गोलअन्तरले हराएको थियो। सेमिफाइनलमा भारतले भुटानलाई तथा बंगलादेशले नेपाललाई पराजित गर्दै उपाधि भिडन्त तय गरेका थिए।

दुई पटकको डिफेन्डिङ च्याम्पियन बंगलादेश यसपटक उपविजेतामै सीमित बनेको छ। बंगलादेशले यसअघि दुई पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितिसकेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय