२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

कञ्चनपुरमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन हजार १२५ नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार शनिबारसम्म दर्ता भएका नयाँ मतदातामध्ये एक हजार ६८९ पुरुष र एक हजार ४३६ महिला छन्। बाहिरी जिल्लाबाट समेत पुरुष १३७ र महिला ९१ जनाले नाम दर्ता गराएका छन्।

नयाँ दर्तासहित जिल्लामा कुल मतदाता संख्या तीन लाख तीन हजार ८७ पुगेको छ। निर्वाचन कार्यालयले असोजदेखि सुरु गरेको मतदाता नामावली सङ्कलनमा देखिएको उत्साहका कारण म्याद मङ्सिर ५ गतेसम्म बढाइएको छ। राष्ट्रिय परिचयपत्र वा प्रि–रजिष्ट्रेसन सिस्टममार्फत आवेदन गरी फोटो र औँठाछाप दिएर दर्ता गर्न सकिने व्यवस्था छ।

जिल्लामा हाल एक सय ३२ मतदानस्थल र तीन सय ४६ मतदान केन्द्र छन्। समय अभावका कारण थप हुने सम्भावना नभए पनि कृष्णपुर नगरपालिकाका वडा ५ र ८ का दुई मतदानस्थल भने सारिएका छन्। वडा ५ को नगरपालिका भवनमा रहेको मतदानस्थल कञ्चन बहुमुखी क्याम्पसमा र वडा ८ को स्वास्थ्यचौकीस्थित मतदानस्थल विणा माध्यमिक विद्यालयमा सारिएको निर्वाचन कार्यालयले जनाएको छ।

सबै मतदानस्थल र केन्द्रलाई अपाङ्ग, महिला र ज्येष्ठ नागरिकमैत्री बनाइने तयारी भइरहेको कार्यालयले बताएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय