२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

जेन–जी आन्दोलनमा सहभागीहरुमाथि प्रहरी हिरासतमा दुर्व्यवहार भएको आरोपपछि राष्ट्रिय मानव अधिकार आयोगले देशभरका प्रहरी हिरासतको निरीक्षण गरेको छ। आयोगको टोलीले विहीबार र शुक्रबार विभिन्न हिरासत स्थलमा पुगेर अवस्थाको तथ्य संकलन गरेको हो।

आयोगका अनुसार भदौ २३ र २४ मा भएका हिंसात्मक घटनापछि पक्राउ परेकाले यातना र अमानवीय व्यवहार सहनुपरेको दाबी गर्दै उजुरी दिएका थिए। सोही उजुरीको आधारमा आयोगले तत्कालै अनुगमन प्रक्रिया अघि बढाएको हो।

निरीक्षणबाट संकलित विवरणलाई आयोगले हाल विश्लेषण गर्दैछ। प्रारम्भिक तथ्य जाँचपछिको विस्तृत रिपोर्ट चाँडै सार्वजनिक गरिने जनाइएको छ। आयोगले प्रहरी हिरासतमा मानव अधिकार मापदण्ड पालनाको अवस्था अब आउने प्रतिवेदनमा स्पष्ट हुने जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय