२०८३ जेष्ठ ३० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन | फिफा विश्वकप २०२६ : आयोजक क्यानडा र बोस्नियाबीच अंक बाँडफाँड | काभ्रे बस दुर्घटना : आठ जनाको मृत्यु, उद्धार जारी | सांसदको प्रश्नपछि वाग्लेको टिप्पणी– विनियोजन विधेयक नपढिएको जस्तो लाग्यो | अर्थमन्त्री वाग्ले प्रकरणमा छानबिन नहुने, सरकार भन्छ– स्पष्टीकरण पर्याप्त | रास्वपा अधिवेशनस्थलबाहिर जेन–जी पक्षधरको धर्ना | आइतबार चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल | अन्तिम १० मिनेटमा चम्कियो दक्षिण कोरिया विश्वकपको पहिलो खेलमै महत्वपूर्ण जित | सांसद रञ्जुको प्रश्न– ह्वाट्सएप ह्याक गरेर लुटिएको पैसा कहाँ गइरहेको छ ? | समस्याग्रस्त दुई सहकारीका १३२ जना ऋणीको नाम सार्वजनिक |

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नवीनतम तथ्यांकले देशको बाह्य क्षेत्रीय स्थिति गत वर्षभन्दा अझै बलियो बनेको देखाएको छ। चालु खाता र शोधनान्तर दुवै उच्च बचतमा पुगेका छन्, यद्यपि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भने उल्लेख्य रूपमा घटेको छ।

राष्ट्र बैंकका अनुसार चालु खाता यस समीक्षा अवधिमा २ खर्ब ३७ अर्ब ५९ करोड रुपैंयाँ बचतमा पुगेको छ। गत वर्ष सोही अवधिमा चालु खाता बचत १ खर्ब १५ अर्ब ३६ करोड मात्रै थियो। अमेरिकी डलरमा हेर्दा चालु खाताको बचत ८६ करोड डलरबाट उक्लेर १ अर्ब ६९ करोड डलरमा पुगेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर पनि उल्लेखनीय रूपमा बढेको छ। यस वर्ष ५ अर्ब ५५ करोड पुँजीगत ट्रान्सफर आएको छ, जुन गत वर्षका २ अर्ब भन्दा धेरै गुणा बढी हो।

तर, प्रत्यक्ष वैदेशिक लगानीको अवस्था विपरित देखिएको छ। यस वर्ष एफडीआई घटेर १ अर्ब ७४ करोडमा सीमित भएको छ, जबकि गत वर्ष ४ अर्ब ८१ करोड रहेको थियो।

यद्यपि वैदेशिक लगानी घटे पनि समग्र शोधनान्तर स्थिति अझ बलियो बनेको राष्ट्र बैंकले जनाएको छ। शोधनान्तर यस वर्ष २ खर्ब ६४ अर्ब ३ करोड बचतमा पुगेको छ, जुन गत वर्षको १ खर्ब ८४ अर्ब ९९ करोडभन्दा धेरै हो। डलरमा समेत यो १ अर्ब ३८ करोडबाट बढेर १ अर्ब ८८ करोड पुगेको छ।

सामान्यतया बाह्य क्षेत्रका सूचकहरू मजबूत हुनु देशको आयात–निर्यात, रेमिटेन्स तथा पुँजी प्रवाहमा सकारात्मक प्रभावको संकेत मानिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय