२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

आर्थिक वर्ष २०८२/८३ का तीन महिनामा नेपालमा विप्रेषण (रेमिट्यान्स) ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सो अवधिमा रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ११.९ प्रतिशत वृद्धि भन्दा उल्लेख्य हो।

असोज महिनामा मात्र २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अमेरिकी डलरमा भने आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड डलर पुगेको छ।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष सोही अवधिमा यो रकम ४ खर्ब ४३ अर्ब ७६ करोड रहेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ पुगेको छ। अघिल्लो वर्ष यो क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ थियो।

नेपालमा वैदेशिक रोजगारी र रेमिट्यान्सको निरन्तर वृद्धि देशको आर्थिक प्रवाह र घरपरिवारको आम्दानीमा सकारात्मक प्रभाव पारेको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय