२०८२ माघ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
नेकपा नै सबैभन्दा नयाँ पार्टी होः पुष्प्रकमल दाहाल प्रचण्ड | रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी | नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई साढे ७ वर्ष जेल सजाय | कुलमान घिसिङ भन्छन उज्यालो नेपाल सामाजिक सञ्जालबाट होइन, कामबाट स्थापित पार्टी हो | महेश बस्नेत भन्छन संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च अदालत भाग्न पाउँदैन | रुपन्देहीको शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना | प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापिएको छ | सुन्तला बिक्रीबाट बागलुङमा करिब २७ करोडको आम्दानी | आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो | सिरहामा गोली हानी एक जनाको हत्या |

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमको पहिलो चरणको काम सम्पन्न भएसँगै सहरी विकास मन्त्रालयले स्टेडियम औपचारिक रूपमा नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरेको छ।

आइतबार आयोजित कार्यक्रममा सहरी विकास मन्त्री कुलमान घिसिङले फ्लडलाइटको उद्घाटन गर्दै स्टेडियम अब अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि अझ तयार भएको बताए। दुई महिनाअघि निरीक्षणमा आएको स्मरण गर्दै उनले निर्माण कम्पनीले निर्धारित समयमै काम सकेकोमा धन्यवाद व्यक्त गरे।

फ्लडलाइट र प्यारापिट निर्माण पूरा भएपछि नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजन यही स्टेडियममा आयोजना हुने भएको छ।

एनपिएल दोस्रो संस्करण भोलि साँझदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा बेलुका ४ बजे डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय