२०८२ चैत्र २२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा दिउँसो १ बजे बस्दै | एनपीएल खर्च विवाद चर्किँदा क्यान बैठक प्रभावित | ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिट आज सुनुवाइ, के आज आउला फैसला? | प्रहरी सक्रियता बढेपछि गृहमन्त्रीको अभिव्यक्ति : ‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हतकडी | भक्तपुरमा प्रहरीको ‘स्वीप अप्रेसन’, रातभरिमा ६० भन्दा बढी व्यक्ति नियन्त्रणमा | भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु | अमिशा पराजुलीलाई साईबर बुलिङ गर्ने एक जना रौतहटबाट पक्राउ | के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय |

मुग्लिन–पोखरा राजमार्ग आजदेखि १० दिनसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ। राजमार्ग सुधार योजनाअन्तर्गत पश्चिम खण्डको स्तरोन्नति तीव्र बनाउन यातायात रोक्ने निर्णय गरिएको सडक आयोजनाले जनाएको छ।

योजना अनुसार आजदेखि हरेक दिन बिहान ६ देखि ८ बजेसम्म र मध्यान्ह १२ देखि २ बजेसम्म सवारीसाधन पूरै रोकिएर निर्माण कार्य गरिनेछ। कार्यालका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार, कामलाई द्रुत गतिमा अघि बढाउन यातायात बन्द गर्नु अपरिहार्य भएको हो।

हाल तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्म सडक विस्तार र स्तरोन्नति भइरहेको छ। पोखराको विजयपुर पुलतर्फ ‘अपस्ट्रिम साइड’ मा दुई लेनको प्रिकास्ट तथा प्रिस्ट्रेस प्रविधिको नयाँ पुल निर्माण पनि तीव्र रूपमा भइरहेको छ।

मुख्य सडक बन्द भएका समयमा दुई पाङ्ग्रे तथा साना सवारीसाधनले अर्घौचोक–बेलचौतारा–चाउथे मार्ग प्रयोग गर्न सक्नेछन्। ठूला सवारीका लागि पावर हाउस चोकबाट बौमारा हुँदै बिरौटा निस्कने वैकल्पिक मार्ग सुझाइएको छ।

आयोजनाले यात्रु र चालकहरूलाई आवश्यक योजना बनाएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय