२०८३ आश्विन १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
किरण तिम्सिनाको नियुक्तिमाथि खुस्बु ओलीको प्रश्न : ‘आफैँ नियम बनाएर आफैँ परीक्षामा प्रथम ?’ | प्रतिभा रावलको प्राथमिकता: सहकारी, लालपुर्जा र निजामती सुधार | दूरसञ्चार सेवा कमजोर भएपछि सञ्चारमन्त्रीले मागे प्राधिकरणसँग जवाफ | बाढीपहिरोले मनाङको सडक ठप्प, औषधीदेखि खाद्यान्नसम्मको आपूर्ति रोकियो | पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा |

बाराको सिमरामा जेनजी युवाले राजमार्ग अवरुद्ध गर्दै गर्दै आएको आजको प्रदर्शन प्रशासनले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने आश्वासन दिएपछि स्थगित भएको छ। प्रदर्शन रोकिएसँगै अवरुद्ध सडकहरु सुचारु भएका छन्।

जेनजी युवाका अनुसार प्रशासनसँगको छलफलपछि आजको आन्दोलन थामिएको हो। उनीहरूले शुक्रबार फेरि प्रशासनसँग औपचारिक वार्ता गर्ने भएका छन्।

आफूहरूमाथि भएको कुटपिटको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै जेनजी युवाले बिहीबार पनि दोस्रो दिन सडकमा उत्रिएका थिए। सो क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो, जसमा ६ प्रहरी र ४ जना जेनजी घाइते भए। स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो।

बुधबार एमाले नेता महासचिव शंकर पोखरेल र महेश बस्नेतलाई सिमरा विमानस्थल बाहिर रोकेपछि दुवै पक्षबीच विवाद चर्किँदै झडपमा बदलिएको थियो। त्यसपछि सिमरा लगातार तनावग्रस्त बनेको छ।

स्थिति बिग्रिएको भन्दै प्रशासनले आज दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय