२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रतिनिधिसभामा साम्पाङको गुनासो– ‘देशमा सुरक्षा छैन, न्याय छैन, अवसर छैन’ | कप्तानी पाएपछि सन्दीपको रोहितलाई सन्देश– ‘तिम्रो योगदानको सधैं कदर हुनेछ’ | जापान पठाउने आश्वासनमा २ करोड ८० लाख असुली | के हो हत्याको धम्कीपछि ट्रम्प टर्कीबाट बेलायत गएको घटना? | घारखोला आयोजनाको विद्युत्गृहमा पहिरो एक बेपत्ता | सन्दीपको कमब्याकसँगै टिमबाट बाहिरिए यी नाम | जेन–जी आन्दोलनका घटनाबारे छलफल गर्दै लेखा समिति | ग्यास अभाव टार्न भारतसँग थप ५ हजार मेट्रिक टन ग्यास माग | प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुँदै | नयाँ विधेयक: उडान ढिलाइ वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने |

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरभित्र रहेको क्रिकेट रंगशाला क्षेत्रमा नेपाल प्रिमियर लिग (एनपिएल) खेल हेर्न आउने दर्शकबाट अवैध रूपमा पार्किङ शुल्क असुल गरिएको विषयमा त्रिविले कडा आपत्ति जनाएको छ। विश्वविद्यालयले जारी गरेको सूचनामा यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

रजिस्ट्रारको कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले सूचना मार्फत स्पष्ट पार्दै  त्रिविले पार्किङ शुल्कका लागि कसैसँग पनि सम्झौता नगरेको र कुनै प्रकारको अनुमति नदिएको बताएको  छ। विश्वविद्यालयको जग्गामा अनुमति बिना शुल्क उठाइनु पूर्ण रूपमा गैरकानुनी रहेको सूचनामा जनाइएको छ।

त्रिविले रंगशालामा असुल गरिएको शुल्कबारे आफू अनभिज्ञ रहेको बताउँदै यस्तो अवैध गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेको छ। साथै, कसैले पार्किङको नाममा कुनै शुल्क नदिन र अनधिकृत असुलीका बारेमा सतर्क रहन पनि विश्वविद्यालयले सूचित गरेको छ।

सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख लिली थापाको हस्ताक्षरयुक्त सो सूचनामा यस किसिमको अवैध शुल्क असुलीलाई कुनै पनि हालतमा वैधता नहुने र त्रिविको जग्गामा हुने गतिविधि विश्वविद्यालयकै स्वीकृतिमा मात्र मान्य हुने पुनः दोहोर्याइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय