२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

नेपाली कांग्रेसमा महाधिवेशनको माग तीव्र बन्दै गएको छ। यही विषयमा शुक्रबार महासमिति र केन्द्रीय सदस्यहरूसँगको भेटमा पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कडा धारणा सार्वजनिक गरेका छन्।

दुवै महामन्त्रीले आगामी निर्वाचनअघि महाधिवेशनमार्फत नेतृत्वमा परिवर्तन नभए आफूहरू कुनै पनि पदका लागि उम्मेदवार नबन्ने स्पष्ट सन्देश दिएका छन्।

अरिकल होटल, महाराजगञ्जमा कांग्रेसका २५ केन्द्रीय सदस्यले दुई महामन्त्रीसँग छलफल गर्दै महाधिवेशनको आवश्यकताबारे ध्यानाकर्षण गराएका थिए। छलफलमा संस्थापन पक्षका नेताहरू पनि सहभागी रहेको स्रोतले बतायो।

महामन्त्रीद्वयले पार्टी विधानले उठाएको विशेष महाधिवेशनको मागलाई बेवास्ता गर्न नसकिने भन्दै, नियमित महाधिवेशन नहुँदा पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुने चेतावनी दिए।

यसअघि बिहीबार सभापति शेरबहादुर देउवासँग पनि त्यही टोलीले छलफल गरेको थियो। देउवाले आफू महाधिवेशनमा सकारात्मक रहेको बताउँदै पदाधिकारीहरूसँग विस्तृत परामर्श गरी निष्कर्षमा पुग्ने संकेत दिएका थिए।

यस्तै, शुक्रबार बिहानै केन्द्रीय सदस्यहरूको टोलीले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई पनि भेटेर पार्टीभित्र बढ्दो असन्तुष्टिबारे जानकारी गराएका थिए।

कांग्रेसभित्र महाधिवेशनको समय, विधि र नेतृत्व परिवर्तनको बहस चर्किँदै जाँदा दुवै महामन्त्रीद्वयको चेतावनीले पार्टीभित्र नयाँ तरंग सिर्जना गरेको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय