२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र उठेको विशेष महाधिवेशन सम्बन्धी विवाद चाँडै समाधान हुने र सबै पक्ष सन्तुष्ट हुनेगरी निर्णय ल्याउने बताइएको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले महाधिवेशन सम्बन्धी विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको प्रष्ट पारे।

उनका अनुसार अहिले केन्द्रीय नेतृत्व विवादित विषयमा सहमति जुटाउन सक्रिय छ। “महाधिवेशन र विशेष महाधिवेशनबारे उठाइएका प्रश्नहरूमा चाँडै निर्णय हुन्छ,” महतले भने। कांग्रेसको अर्को केन्द्रीय बैठक मंसिर ११ गते बस्नेछ, जहाँ यस विषयमा ठोस निर्णय अपेक्षित छ।

विशेष महाधिवेशन माग गर्ने नेताहरूको भावना बुझ्दै ‘नियमित महाधिवेशनको कार्यतालिका पनि समायोजन हुने’ उनले संकेत दिए। पार्टीभित्र हाल चुनावअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विषयमा मतभेद तीव्र बन्दै गएको छ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूहले निर्धारित समयमा नियमित महाधिवेशन असम्भव देखिएको उल्लेख गर्दै पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने माग राखेका छन्।

कांग्रेसभित्र चलिरहेको यो बहसको बीचमा प्रवक्ता महतको भनाइले पार्टीले सहमतिमूलक बाटो खोजिरहेको स्पष्ट संकेत दिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय