२०८२ चैत्र २१ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
भोलिदेखि मतदाता नामावली सङ्कलन पुनः सुरु | अमिशा पराजुलीलाई साईबर बुलिङ गर्ने एक जना रौतहटबाट पक्राउ | के हो सागर लम्साल ‘बले’ पक्राउ प्रकरण? के भएको थियो? | हेटौँडामा परीक्षा दिँदै गर्दा फेक क्यान्डिडेट पक्राउ, दुई जनामाथि अनुसन्धान | यस्तो छ एमाले बैठकको ६ बुँदे निर्णय | एक सातामै फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, काठमाडौँमा पेट्रोल २०२ रुपैयाँ | सुनको मूल्य यथावत्, चाँदीमा सामान्य वृद्धि | अनलाइन बोलपत्र ह्याक प्रकरण: निर्माण व्यवसायी सागर कटुवाल पक्राउ | रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश |

अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य र स्थानीय स्तरमा माग उच्च भएका कारण आज नेपाली बजारमा सुनचाँदीको भाउ सामान्यरीत्या बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार आज सुन प्रतितोला रु २ लाख ४४ हजार ६०० मा कारोबार भइरहेको छ। यो भाउ शुक्रबारको तुलनामा करिब तीन हजार बढेको हो। गत शुक्रबार एक तोला सुनको मूल्य रु २ लाख ४१ हजार ७०० थियो।

चाँदीको मूल्य पनि उकालो लागेको छ। आज प्रतितोला रु ३ हजार १३५ निर्धारण गरिएको छ, जुन शुक्रबारको मूल्य रु ३ हजार १०० भन्दा माथि हो।

अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य उस्तै रुपमा उक्लिएको देखिन्छ। आज एक औँस सुन ४ हजार ६३ डलर र चाँदी ५१ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सूचनाहरूले जनाएका छन्।

बढ्दो मूल्यले आभूषण व्यवसायी तथा उपभोक्तामा दुवै पक्षमा चहलपहल बढाएको देखिन्छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय