२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई रोमाञ्चक ‘छिमेकी डर्बी’ खेल हुँदैछन्। पूर्व र पश्चिम दुबै पक्षका टिम एकअर्कासँग भिड्दै भएकाले आजको दिनलाई ‘डर्बी डे’ का रूपमा हेरिएको छ।

पहिलो खेल विहान पौने १२ बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुनेछ। लगातार दुई खेल जितीसकेको विराटनगर आज तेस्रो जितको लक्ष्यसहित मैदान उत्रिँदैछ। जनकपुर भने आफ्नो पहिलो पराजयको क्षतिपूर्ति खोज्दै दोस्रो खेलको जितलाई प्राथमिकता दिनेछ। गत संस्करणको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले हराइएकाले आजको भिडन्त झनै चर्किएको छ।

दोस्रो खेलमा अपराह्न ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। कर्णालीले अघिल्ला दुई खेलमा एक जित र एक हारको नतिजा निकालिरहँदा, सुदूरपश्चिम भने दुवै खेल जितेर अहिलेसम्म अपराजित छ। पहिलो संस्करणमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गरेको इतिहास आजको खेलमा पनि चर्चामा छ।

पूर्व र पश्चिमका दुई–दुई बलिया टिमहरूको भिडन्त भएकाले आजको ‘डर्बी डे’ एनपीएलको सर्वाधिक रोमाञ्चक खेल दिन मानिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय