२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

देशभरको आगामी २४ घण्टाको मौसम सामान्यतया सफैँ रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान सार्वजनिक विवरणअनुसार विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भने आंशिक बदली रहने सम्भावना उल्लेख गरिएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका उच्च भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपातको क्रम देखिन सक्छ। त्यसबाहेक अन्य प्रदेशहरूमा मौसम सफैँ रहने भएकाले विशेष प्रभाव नपर्ने अनुमान गरिएको छ।

आज राति पनि कोशी र गण्डकीका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम स्थिर र सफा रहने पूर्वानुमान छ। हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको महाशाखाले जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय