जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर कुनै विशेष मौसम प्रणाली सक्रिय नभएकाले अधिकांश स्थानमा मौसम स्थिर रहनेछ। महाशाखाले दिएको विवरणअनुसार दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिए पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान छ।
कोशी प्रदेशका उच्च हिमाली क्षेत्रमा भने हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी, आज राति पनि कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम सफिनै रहने अपेक्षा गरिएको छ।
काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। आज बिहान ५:४५ बजे नापिएको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।
